काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको मुख्य ब्यापारिक केन्द्र बनेपामा फुड फेस्टिबल हुने भएको छ ।
चण्डेश्वरी जात्राको अवसरमा यहि जेष्ठ १०,११,१२ गते काभ्रेको बनेपा स्थित भिमसेनथानमा फुडफेस्टिबल सन्चालन गर्न लागिएको हो ।
काभ्रे होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका अध्यक्ष एवं महोत्सवका संयोजक श्याम कुमार भालु (मुनाल) का अनुसार, फेस्टिबलको मुख्य आकर्षणका रूपमा सुकुल भोज रहनेछ । नेवारी परिकार रहनेछ ।
काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघका अध्यक्ष शिव प्रसाद तिमल्सिनाले जात्रा हेर्न आउने दर्शनार्थीलाई रैथाने परिकार चखाउन सहयोग पुग्ने बताए ।
फुड फेस्टिबलमा २५ देखि ४० वटा स्टल रहनेछ । प्रति स्टलको १० हजार मुल्य तोकिएको छ ।