काभ्रे । पनौती न.पा.७ पनौती बसपार्क पछाडी दुर्गा बहादुर घलानको घरमा जुवा तास खेलिरहेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जुवा तास खल्ने घरधनी सहित नगद तेईस हजार तिन सय पचपन्न र एक सय एकसठ्ठी पत्ती तास बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा घरधनी पनौती नगरपालिका वडा नं. ७ बस्ने दुर्गा बहादुर घलान, वडा नं. ६ बस्ने बर्ष २६ को बुद्ध तामाङ, वडा नं. २ बस्ने वर्ष २९ को सुकुराम तामाङ, वडा नं. २ बस्ने वर्ष ३७ को दिपक हुमागाई, बेथानचोक गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४१ को नवराज तामाङ र खानीखोला गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २८ को सन्तलाल स्याङतानलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।