भक्तपुर । सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड-२०८१ सिजन २ को उपाधी छात्रातर्फ सिनियरमा हृदयानी सिलवाल र जुनियरमा जेशिका श्रेष्ठले जितेका छन् ।
करिब २१ दिनको विशेष प्रशिक्षण पश्चात शुक्रबार साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा भएको फाइनल प्रतियोगितामा जुनियर तर्फ जेशिका श्रेष्ठ मिस लिटिल स्टार मदरल्याण्ड २०८१ घोषित भईन भने मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ न्यूरोन लोहला भएका छन् । साथै सिनीयर तर्फ ह्रृदायणी सिलवाल मिस लिटिल स्टार मदरल्याण्ड २०८१ र अप्रेश आलेमगर मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ भइ विजेता भएका छन् ।
सिजन १ को वीनर मास्टर जेशिक नेपाल र मिस सुवास्ना कार्कीले सिजन २ को विजेतालाई क्राउन र अवार्ड प्रदान गरेका थिए ।
यसैगरी जुनियर छात्रातर्फ दिपिका कार्की फष्ट रनरअप, अक्षा श्रेष्ठ सेकेण्ड रनरअप, श्रीयम्शी श्रेष्ठ थर्ड रनरअप भएका छन् । जुनियर छात्रतर्फ फष्ट रनरअप सविन श्रेष्ठ, सेकेण्ड रनरअप रियान लामा र थर्ड रनरअफ अभिषेक थापा भएका छन् । साथै सिनीयर ग्रुप छात्रा तर्फ रष्मी राई फस्ट रनरअप, समृद्धि थापा सेकेण्ड रनरअप र थर्ड रनरअप प्रसादी वस्नेत भएका छन् । सिनीयर ग्रुप छात्र तर्फ फस्ट रनरअप रसिक लवजू, सेकेण्ड रनरअप सामुयल खड्का र थर्ड रनरअप जेशन बराल भएका छन् । ट्यालेन्ट राउन्डका विजेता सहित सबै प्रतिस्पर्धीलाई विविन्न सव-टाइटलद्वारा सम्मान गरिएको थियो ।
मिस एण्ड मास्टर लिटल स्टार मदलल्याण्ड-२०८१ सिजन २ को उद्घाटन गर्दै प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाको मेयर वासुदेव थापाले विद्यार्थीमा निहित विविध प्रतिभालाई प्रतिस्पर्धामा उतार्नु प्रशंसनीय भएको बताउँदै विद्यार्थीहरुको आत्मबल र आत्मविश्वास बढाउन पनि पठनपाठनसँगै यस्ता खालका कार्यक्रम आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका वडा नं २ का वडाध्यक्ष प्रदिप कार्की, नेसनल प्याव्सन बागमति प्रदेश सहकोषाध्यक्ष साधुराम गैडा, नेसनल प्याव्सन काठमाण्डौं जिल्ला समिति अध्यक्ष अमृत खड्का, उपाध्यक्ष प्रेम भुजेल, नेसनल प्याव्सन भक्तपुर जिल्ला कोषाध्यक्ष विक्रम थापा, मिड भ्याली कलेज भक्तपुरका प्रिन्सिपल गोविन्द बल्ल जोशी, पुस्तक व्यवसायी भक्तपुर जिल्ला उपाध्यक्ष महेश थापा, सलिको ईन्सोरेन्सका बिएम रुपेन्द्र थापा, हिमाल एकेडेमीका प्रिन्सिपल प्रदीप थापा तथा शिक्षासँग सरोकार राख्ने विज्ञ, विभिन्न मिडियाका पत्रकार र अभिभावकहरुको सहभागिता थियो ।
ग्रान्ड फिनालेको निर्णायकमा नेसनल प्याव्सन भक्तपुरका सचिव एवं संगित प्रेमी कुमार थापा मगर, केयू यूनिभर्सिटीका भिजिटिगं फेकल्टी लेक्चरर एवं मोडर्न कलेजकी एकेडेमिक डाइरेक्टर शसी कायस्थ (कस्पाल), मोडर्न हण्ट-२०२३ का वीनरद्वय रोनिश खड्गी र आयुष्मा पौड्याल रहेका थिए । साथै ट्यालेन्ट राउन्डको निर्णायकमा कलाकार, निर्देशक, वरिष्ठ नृत्य निर्देशक, नृत्य निर्देशक संघ काभ्रेका अध्यक्ष अमर कृष्ण चन्द, भिज्युअल आर्टिस्ट तथा क्रियटिभ राइटर ईन्द्र श्रेष्ठ,संगित प्रशिक्षक सुनिल कपाली र मदरल्याण्ड स्कुलका सह प्रिन्सिपल राधेश्याम केसी रहेका थिए ।
साथै छात्र र छात्रा तर्फको वीनरलाई ६ महिना, फस्ट रनरअपलाई ३ महिना, सेकेण्ड रनरअपलाई २ महिना, थर्ड रनरअपलाई १ महिनाको मासिक शुल्कमा छात्रवृत्ति प्रदान गरिएको जानकारी विद्यालयकी संचालक शर्मिला देउजाले दिए ।
उक्त प्रतियोगितामा ८,९ र १० वर्षको जुनियर ग्रुप एवं ११,१२ र १३ वर्षको सिनीयर ग्रुप गरी २६ छात्रा र २६ छात्र जम्मा ५२ जनाले प्रतिस्पर्धा गरेको स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिँदै कार्यक्रमको सपोर्टर मिड भ्याली कलेज भक्तपुर, सलिको ईन्सोरेन्स, सत्यशक्ति पुस्तक भण्डार र वल्डट्रेक्स फेब्रिक हाउस, डोलेश्वर भिलेज रिसोर्ट, ड्रेस डिजाइन वीणा टेलर्स जगाति, बद्री फोटोग्राफर (बद्री थापा) र भिडियो ग्राफर सुमन खत्री, एरी व्यूटी प्वाइन्ट (ग्रीष्मा शाक्य) तथा सबै मिडिया पार्टनरलाई धन्यवाद दिए । सुमी बानियाको कोरियोग्रीफी एवं प्रशिक्षण रहेको उक्त फाइनल कार्यक्रम रोजिन शाक्यले संचालन गरेको कार्यक्रममा ट्यालेन्ट राउन्डका विजेता सहित सबै प्रतिस्पर्धीलाई विविन्न सव टाइटलद्वारा सम्मान गरिएको थियो ।
सिनियर छात्रतर्फ सबटाइटल विजेताहरु उत्तम पैदल यात्रा सलिन थापा, सबैभन्दा विश्वस्त समुल खड्का, सबैभन्दा प्रतिभावान अप्रेश आले मगर, उत्कृष्ट कला कार्य अरुण श्रेष्ठ, उत्कृष्ट अभिनय आरुष पाण्डे, उत्कृष्ट गायन सुबिन गुइडे, उत्तम खाना पकाउने सुशन श्रेष्ठ, उत्कृष्ट भाषण कला जेशन बडाल, उत्कृष्ट फोटोजेनिक अरुण श्रेष्ठ, उत्कृष्ट फेसबुक छनोट र भ्युअर्स चोइस जेशन बराल, व्यवस्थापन छनोट सुजित जिसी, मिस्टर ह्यान्डसम सुशन श्रेष्ठ, उत्कृष्ट वर्षको प्रतियोगी अभिषेक कटवाल, सबैभन्दा योग्य रसिक लवजु र सबैभन्दा मिलनसार मनिल थापा विजयी हुन सफल भएका छन् ।
सिनियर छात्राहरु तर्फ उत्तम पैदल यात्रा, सबैभन्दा उत्कृष्ट प्रतिभा, सबैभन्दा फोटोजेनिक रिया बोहोरा, सबैभन्दा विश्वस्त, उत्कृष्ट गायन सम्बृद्धि थापा, उत्कृष्ट नृत्य नान्सी खड्का, उत्कृष्ट भाषण कला रश्मी राई, उत्तम खाना पकाउने सोमिया खड्का, उत्कृष्ट फेसबुक छनोट, व्यवस्थापन छनोट शुभमता खाती, दर्शकको छनोट, सबैभन्दा अनुशासित सञ्जु तामाङ, मोष्ट व्युटिफुल सुप्रिया बस्नेत, प्रतिभा संग सुन्दरता हृदयानी सिलवाल, बेष्ट फिगर राचेल खत्री, उत्कृष्ट व्यक्तित्व प्रसादी बस्नेत हुन सफल भएका छन् ।
जुनियर छात्राहरू तर्फ उत्तम पैदल यात्रा आक्सा श्रेष्ठ, सबैभन्दा फोटोजेनिक, सबैभन्दा विश्वस्त अदृषा तिवारी, उत्कृष्ट कला कार्य टिका डाँगी, उत्कृष्ट भाषण कला दिपिका कार्की, उत्कृष्ट नृत्य याशिका प्रधान, उत्कृष्ट गायन लकिशा भण्डारी, दिमागको साथ सुन्दरता, उत्कृष्ट अभिनय जेसिका श्रेष्ठ, सबैभन्दा अनुशासन सुस्मिता खाती, सबैभन्दा प्रतिभावान, उत्कृष्ट फेस बुक छनोट, दर्शकको छनोट स्रियंसी श्रेष्ठ, वर्षको उत्कृष्ट प्रतियोगी नाडिया खड्का, वर्षको सबैभन्दा प्यारो बच्चा रुबी खड्का, सबैभन्दा सुन्दर आरोही संजेल, सबैभन्दा गतिशील निमा यान्चेल शेर्पा, व्यवस्थापन छनोट इनिशा घिसिङ, सबैभन्दा राम्रो मुस्कान परिधि न्यौपाने हुन सफल भएका छन् भने जुनियर छात्रहरू तर्फ उत्तम पैदल यात्रा विशाल जिसी, सबैभन्दा विश्वस्त, सबैभन्दा प्रतिभावान सविन श्रेष्ठ, फेसबुक छनोट, उत्कृष्ट गायन, सबैभन्दा फोटोजेनिक न्युरोन लोहोला, उत्कृष्ट कला कार्य अभिषेक थापा, उत्कृष्ट भाषण कला निकेश श्रेष्ठ, उत्कृष्ट व्यक्तित्व, मिस्टर ह्यान्डसम, खाना पकाउने शौरभ श्रेष्ठ, दर्शकको छनोट युमन थापा मगर, उत्कृष्ट नृत्य अनुभव खत्री, सबैभन्दा सक्रिय, व्यवस्थापन छनोट रियान लामा, वर्षको उत्कृष्ट प्रतियोगी सक्षम लामा, सबैभन्दा अनुशासन युवन्स थापा मगर, उत्कृष्ट प्रदर्शनकर्ता सचिन ब्यान्जु, सबैभन्दा मिलनसार आयन योञ्जन हुन सफल भएका छन् ।