काभ्रे । बुद्ध जयन्तीको अवसर पारेर काभ्रे सेवा समाजको आयोजनामा आगामी बैशाख २९ गते पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ ।
जिल्लाको समग्र विकासको लागि “काभ्रेको लागि केही गरौं” भन्ने मूल नाराका साथ २०६९ सालमा स्थापना भएको समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमबुद्धले पाइला टेकेको नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए ।
नेपालका अनुसार विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउँदै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्य रहेको बताउँदै पनौतीको मानेश्वरीबाट रिवन काटी शान्ति पदयात्रा सुरु गर्ने र सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै नमोबुद्धमा पुगेर टुंगिने पत्रकार सम्मेलनमा बताए
काभ्रे सेवा समाजले शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा सहयोग, आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपूर्ण योगदान हुने अपेक्षा राखेका जनाएका छन् । पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज, पत्रकार लगायतका क्षेत्रका प्रतिनीधिहरुसहित करिब एक हजार जना सहभागी हुने लक्ष्य राखिएको छ ।