कृषकलाई सीप र प्रविधिसँग जोड्दै बेथानचोक गाउँपालिका

  • अनलाइन काभ्रे
  • / अन्य /
  • २०८१ जेष्ठ ३०, बुधबार (१० महिना अघि)
  • १८२ पटक पढिएको
कृषकलाई सीप र प्रविधिसँग जोड्दै बेथानचोक गाउँपालिका

|oplus_2

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाले मौरी कृषकलाई सीप र प्रविधिसँग जोड्नको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
गाउँपालिकाले मौरीपालक कृषकलाई आधुनिक प्रविधि र सीपसँग जोड्नको लागि सुरुवाती चरणका बारेमा तालिम प्रदान गरिरहेको छ । गाउँपालिकाको वडा नं १ को च्याम्राङबेशी र वडा नं २ को अख्र्यौलेमा मौरीपालक कृषकको संख्या धेरै भएकाले सो क्षेत्रका कृषकलाई आधुनिक ढंगबाट व्यवसायीक रुपमा मौरी पालन बारेमा तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताएका छन् ।
पालिका अध्यक्ष अधिकारीका अनुसार, गाउँपालिकाको वडा नं १ र वडा नं २ लाई मौरीपालनमा पकेट क्षेत्र बनाउने उद्देश्यले मौरी पालक कृषकलाई आधुनिक सीप र प्रविधिसँग जोड्नको यस बारेमा तालिम प्रदान गरिएको हो । आधुनिक ढंगबाट व्यवसायिक रुपमा मौरी पालन बारेमा तालिम प्रदान गरेपछि उनीहरुलाई आधुनिक मौरीको घार वितरण गरिनुका साथै व्यवसायिक रुपमा मौरीपालन गर्न ईच्छुक वडा नं १ को च्याम्राङबेशी र वडा नं २ को अख्र्यौलीका कृषकहरुलाई मौरीको घार वितरण गर्ने पालिकाको योजना समेत रहेको अधिकारीले जानकारी दिएका छन् ।
त्यस्तै अर्का मौरी पालन गर्दै आएका अप्सरा तिमल्सिनाले व्यवसायिक रुपमा मौरी पालन आइरहेका छन् । घरमा २ वटा आधुनिक मौरीको घारमा मौरी पालन गर्दै आएको बताउँदै आधुनिक घारमा मौरी पालन गरेपनि यसबारेमा आफूसँग पर्याप्त जानकारी नभएको कारण यस बारेमा अझै जान्न र बुझ्नको लागि यो तालिममा सहभागी भएको बताएका छन् । खोपे घारको तुलनामा आधुनिक घार धेरै नै लाभदायी हुने बताउँदै आधुनिक मौरी घारमा मौरी राख्न सजिलो हुने र घारमा राखिएको फ्रेममा जम्मा भएको महलाई काढ्न पनि सजिलो हुने बताएका छन् । आधुनिक घारमा मह सफा र कञ्चन हुने भएकोले एक के.जी महको १५ सय रुपैंयामा बिक्री गर्ने गरेको जानकारी दिएका छन् ।
त्यसैगरी पराम्परागत रुपमा खोपे घारमा मौरी पालन गर्दै आएका बेथानचोक गाउँपालिका वडा नं २ अख्र्यौलीका माधव तिमल्सिनाले व्यवसायिक रुपमा मौरी पालन गर्ने सोच बनाएका बताउँदै अहिले गाउँपालिकाले मौरी पालक कृषकलाई प्रदान गर्न लागेको तालिमको बारेमा खबर पाएपछि सहभागी भएको मौरी पालक तिमल्सिनाले बताएका छन् ।
त्यस्तै अर्का मौरी पालन गर्दै आएक ६६ वर्षीय कृष्ण बहादुर तिमल्सिनाले पराम्परागत रुपमा खोपे घारमा विगत २५ वर्ष अघिदेखि नै मौरी पालन गर्दै आएका छन् । उनका अनुसार पहिले माटोको खोपा बनाएर खोपामा मौरी पालन गर्ने गरिन्थ्यो । त्यसपछि खोपमा बाक्सा राखेर पनि मौरी पालन गर्न थालियो । अहिले आधुनिक मौरी घार आएको रहेछ । आधुनिक घारमा मौरी पालनको बारेमा तालिम लिएपश्चात व्यवसायिक रुपमा मौरी पालन गर्ने आफ्नो सोच रहेको बताएका छन् ।
जेष्ठ २५ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको व्यवसायिक मौरीपालन सम्बन्धिको तालिममा च्याम्राङबेशी र अख्र्याैलका २५ जना मौरी कृषक सहभागी छन् ।  तालिमका प्रशिक्षार्थीलाई कृषि प्रसार अधिकृत प्रशिक्षक खेम राज वाग्लेले व्यवसायिक मौरी पालन कसरी गर्ने, उन्नत तरिकाबाट मौरी पालन कसरी गर्ने, महको महत्व, आधुनिक घारको प्रयोग, मौरीका प्रजाति, मौरी पालनमा अपाउनुपर्ने सावधान, लगायतका विषयमा प्रशिक्षण गराइरहेका छन् भने पछिल्लो समयमा नेपालमा मौरी पालन व्यवसाय फस्टाउँदै गएकाले यसप्रति कृषकहरुको आर्कषण पनि बढ्दै गएको प्रशिक्षक वाग्लेले बताएका छन् ।
वाग्लेका अनुसार नेपालमा मौरी चरणका लागि प्रशस्तै प्राकृतिक श्रोतहरु रहेकाले पनि कृषकहरुलाई मौरी पालनका लागि सहज देखिन्छ । कृषकहरुलाई प्रयाप्त मात्रामा प्राविधिक ज्ञान भएमा यसबाट व्यावसायिक रुपमा मौरी पालन गर्नेहरुले राम्रो लाभ लिन सक्ने उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस