टेन पिपुलस् स्टोरीज बिमोचन

  • अनलाइन काभ्रे
  • / अन्य /
  • २०८१ कार्तिक २२, बिहिबार (५ महिना अघि)
  • ११३ पटक पढिएको
टेन पिपुलस् स्टोरीज बिमोचन

काभ्रे । नेपाल सम्वत् ११४५ को अवसरमा मन सागर ट्रस्टको आयोजना र पनौती पर्यटन विकास केन्द्रको समन्वयमा ‘टेन पिपुलस् स्टोरीज’ किताब बिमोचन गरिएको छ ।
विमोचन भएको टेन पिपुलस् स्टोरीजमा पनौतीको ऐतिहासिक महत्व भएका स्थानहरुको कैद गरिएका तस्बिरहरुको बारेमा चर्चा गरिएको छ । विभिन्न फोटोग्राफरले कैद गरेका पनौतीको एतिहासिक महत्व भएका स्थानहरु, रहनसहन, कला संस्कृतिको १० तस्बिरको बारेमा ‘टेन पिपुलस् स्टोरीज’ मा चर्चा गरिएको उक्त किताबमा तस्बिर प्रशान्त श्रेष्ठ र शब्द सुनिल सैंजुको रहेको छ ।
बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिकाका प्रमुख राम शरण भण्डारीले यस किताबले पनौतीको इतिहासलाई समेटेको हुनाले यसले पनौतीको एतिहासिकताको संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै यस किताबले पनौतीलाई विश्व सामु चिनाउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको प्रमुख भण्डारीले बताए । पनौतीको इतिहास, कला, संस्कृति लगायत विविध विषयलाई समेटेर यस किताबमार्फत पनौतीको प्रर्बद्धन एवं प्रचारात्मक गतिविधिले विश्व सम्पदा सूचिमा सुचिकृत गराउन टेवा पुग्ने प्रमुख भण्डारीले बताए । कार्यक्रममा पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्मचार्यले पनौतीको एतिहासिकताका बारेमा वर्णन गरिएकाले पनौतीको कला, संस्कृतिको संरक्षण हुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस