काभ्रे । बनेपा नगर टेबल टेनिस संघको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता २०८२ आयोजना हुने भएको छ ।
प्रतियोगिता यही जेठ १५ देखि १७ गतेसम्म काभ्रे बहुमुखी क्याम्पस, कभर्ड हल बनेपामा हुने संघले जनाएको छ ।
देशभरका टेबल टेनिस खेलाडीहरूलाई एकै स्थानमा प्रतिस्पर्धा गर्ने अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेका छन् । प्रतियोगिता विभिन्न उमेर समुह तथा खेलाडीहरुको सहभागिता हुनेछ ।
प्रतियोगितामा (१८ भन्दा कम) महिला/पुरुष, पुरुष एकल खुल्ला, पुरुष एकल, पुरुष यु- १६ जूनियर ब्वाइज गर्ल्स भेट्रान महिला/पुरुष एकल (४० वर्ष भन्दामाथि), भेट्रान पुरुष ५५ वर्ष भन्दामाथि विधामा प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।