ट्रेण्डिङ

शिक्षक आन्दोलन चर्किँदै, तेमालका प्रधानाध्यापक मैनाली घाइते

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ बैशाख १४, आईतबार (१ साल अघि)
  • ६८० पटक पढिएको
शिक्षक आन्दोलन चर्किँदै, तेमालका प्रधानाध्यापक मैनाली घाइते

काठमाडौ । राजधानीमा भइरहेको शिक्षकहरुकाे आन्दोलनमा काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त  मैनाली घाइते भएका छन् ।
सरकारले शिक्षक आन्दोलनमा हस्तक्षप गरेको छ। बानेश्वरमा शिक्षक आन्दोलन उग्र हुँदै जाँदा प्रहरीले पानीका फाहाेरा हान्नुका साथै लाठी प्रहार गरेको हो ।
निषेधित क्षेत्र ताेडने क्रममा आन्दोलनकारीहरुले प्रहरीको बेरियर  माथि चढेका थिए ।  प्रहरीले लाठी प्रहार गर्दा  स्वयंसेवक भूमिकामा रहेका मैनाली घाइते भएको नेपाल शिक्षक महासंघ तेमालका अध्यक्ष कुवाङ्चु दाेङ लामाले जानकारी दिए ।
प्रहरीले लाठीचार्ज गर्दा घाइतेको टाउकाे ,आँखाकाे भाग, हात र घुँडामा चाेट लागेकाे छ । घाइते भएका मैनालीलाई उपचारको लागि सिभिल अस्पतालमा पठाइएको अध्यक्ष लामाले जानकारी दिएका छन्।
सरकार र शिक्षक महासंघका प्रतिनिधी बीच भएको विभिन्न चरणकाे वार्ताले मुर्तरुप नपाँउदा शिक्षक आन्दोलन झन् चर्कदै गइरहेको छ। आन्दोलनकारीहरुले निषेधित क्षेत्र ताेड्ने प्रयास गरेपछि बल प्रयाेग गर्नु परेको प्रहरीले जनाएको छ।