ट्रेण्डिङ

छठको भोलीपल्ट सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ कार्तिक २७, शुक्रबार (१ दिन अघि)
  • १२ पटक पढिएको
छठको भोलीपल्ट सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गृह मन्त्रालयले गरेको छ।
शुक्रबार सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने जानकारी गराएको हो।
मन्त्रालयका अनुसार २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा यसअघि नै सार्वजनिक बिदा दिइएको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामार्फत् जानकारी गराइएको छ ।