ट्रेण्डिङ

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेको विरोध प्रदर्शन

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ मंसिर ९, बुधबार (२ घण्टा अघि)
  • ४ पटक पढिएको
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेको विरोध प्रदर्शन

काभ्रे । प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेप तथा आर्थिक दबाबविरुद्ध बुधबार नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक अगाडि सामूहिक गिरफ्तारीको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
सहभागीहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर !’ लेखिएको ब्यानर तथा विभिन्न विरोधका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । लोककल्याणकारी विज्ञापनको रकम काटिएको, श्रमजीवी पत्रकारलाई निकालिएको र समग्रमा मिडियामाथि आर्थिक नाकाबन्दी लगाइएको, मिडिया हाउसको गेटमा गाडी तेर्साएर राखिएको, मिडियामा धरपकड गरिएको तथा पत्रकारलाई गिरफ्तार गरिएको घटनाको विरोध गरिएकोमा नेपाल पत्रकार महासंघ आन्दोलित छ ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले सरकारी रबैया नसच्चिएसम्म आन्दोलन जारी रहने बताए । पूर्वअध्यक्ष भोजराज तिमल्सिनाले सशस्त्र युद्ध र पञ्चायतकालीन समय भन्दा पनि सरकार तानाशाही बन्दै गएको बताए ।