डेडीथुम्का पूर्वविद्यार्थी सम्मेलनबाट महत्वपूर्ण निर्णयहरु पारित

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ जेष्ठ ४, आईतबार (१ हप्ता अघि)
  • ५१ पटक पढिएको
डेडीथुम्का पूर्वविद्यार्थी सम्मेलनबाट महत्वपूर्ण निर्णयहरु पारित

काभ्रे । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ स्थित डेडीथुम्का मावि पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल आयोजक समितिको सचिवालय बैठकबाट आगामी जेठ १५ गते गरिने शिक्षा सम्मेलनको तयारीसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरु गरिएको छ ।
डेडीथुम्का फाउण्डेसनका प्रवक्ता बलराम सापकोटाका अनुसार सम्मेलनका लागि ‘गुणस्तरयुक्त शैक्षिक पूर्वाधार, समृद्ध मण्डनदेउपुरको आधार, डेडीथुम्का पूर्वविद्यार्थी’ भन्ने नारा तय गरिएको छ । यस्तै सम्मेलनमा सहभागी हुन अनलाइन प्रिजिष्ट्रेसन गर्नुपर्ने र प्रवेश शुल्क रु ५०० लिइने निर्णय भएको छ । रजिष्ट्रेसन बैशाख २८ गतेदेखि शुरु भइसकेको छ । यसैगरी सेमिनारमा २ वटा सत्र रहनेछन् । एउटा प्राविधिक सत्र र अर्को साधारण सत्र रहने बताइएको छ ।
प्राविधिक सत्रमा एउटा शिक्षासम्बधी कार्यपत्र प्रस्तुत हुनेछ । सो कार्यपत्रले बालविकास, विद्यालय शिक्षा, प्राविधिक शिक्षा, उच्च शिक्षा र जीवन पर्यन्त सिकाइका विषय समेट्नेछ । सेसन चेयर, कार्यपत्र प्रस्तुतकर्ता र उल्लेखित विषयका टिप्पणीकर्ताहरुको प्राविधिक सत्रमा भूमिका हुनेछ । यो सत्र बढीमा २ घण्टाको हुनेछ ।
यस्तै नीति र नेतृत्वः शिक्षा सुधारको अवसर र चुनौती विषयक अर्को साधारण सत्र रहनेछ । यो सत्रमा एक जना चेयर, एकजना मोडरेटर र ४ जना प्यानलिस्ट गरी ६ जनाको भूमिका रहनेछ । यसमा सहभागीलाई समेत प्रश्न गर्ने मौका दिइनेछ । यो सेसन बढीमा डेढ घण्टाको हुनेछ ।
सम्मेलनमा सहभागी हुन ०३८ सालदेखि ०८१ सम्मका पूर्वविद्यार्थीहरुमा सार्वजनिक आह्वान गरिनेछ । साथै प्रत्येक ब्याचका साथीहरूलाई आआफ्नो ब्याचका साथीहरूलाई खबर गर्न अनुरोध गरिनेछ । आगामी जेष्ठ २ गतेभित्र सम्पूर्ण उपसमितिहरुको बैठक सम्पन्न गरि ३ गते सबै ब्याचका २÷३ जना आयोजक समिति, उपसमितिहरुको संयुक्त विस्तारित बैठक बस्ने पनि सापकोटाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस