ट्रेण्डिङ

डिजिटल टोकन प्रणाली सेवा शुभारम्भ गर्दै जिल्ला प्रशासन कार्यालय

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ जेष्ठ २७, मंगलबार (१ साल अघि)
  • ५१३ पटक पढिएको
डिजिटल टोकन प्रणाली सेवा शुभारम्भ गर्दै जिल्ला प्रशासन कार्यालय

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेवाग्राहीलाई डिजिटल टोकन हस्तान्तरण गर्दै डिजिटल टोकन प्रणालीबाट सेवा शुभारम्भ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ढकालले गृह मन्त्रालयको बजेट व्यवस्थापनमा टोकन मेशिन खरिद गरेर सरल सेवा प्रवाहका लागि टोकन प्रणाली सुरु गरिएको बताउँदै भनसुन र चिनजानका आधारमा सेवा प्रवाहमा हुने विभेदको अन्त्य हुने बताए । डिजिटल टोकन प्रणालीले पालैपालो सेवा लिने र भीडभाडरहित सेवा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । “राष्ट्रिय परिचयपत्र, नागरिकता, नागरिकता प्रतिलिपि र राहदानी सेवाको टोकन डिजिटल रुपमा प्राप्त गर्न सकिन्छ । सम्बन्धीत शाखामा टोकन अनुसारको पालोमा सेवा उपलब्ध हुनेछ ।” अधिकारी ढकालले थपे ।
सेवाग्रहीले समेत जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रविधीमैत्री सेवा प्रभावकारी रहेको प्रशासनमा आएका सेवाग्राहीहरु बताउँछन् ।