ट्रेण्डिङ

JCI Star Local President द्वारा जेसी महर्जन सम्मानित

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ अषाढ २, सोमबार (१ साल अघि)
  • ८३९ पटक पढिएको
JCI Star Local President द्वारा जेसी महर्जन सम्मानित

काभ्रे । JCI Asia Pacific Conference 2025 मंगोलिया सम्पन्न कार्यक्रममा जेसी आई काभ्रेका वर्ष २०२५ का अध्यक्ष जेसी पुजन महर्जनलाई “JCI Star Local President” तथा सिनेटर रिकेश सैजुं र जेसी रशिक शाक्यलाई “JCI Star Local Members” बाट सम्मानित गरिएको छ ।


एशिया–प्रशान्त क्षेत्रका विभिन्न देशहरूबाट आएका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको यस सम्मेलनमा काभ्रे जेसीजका यी तीन प्रदाधिकारिहरूलाई नेतृत्व क्षमता, कार्यक्रमको प्रभावकारिता, सामाजिक परिवर्तनमा योगदान तथा जेसीजका चार मूल स्तम्भहरू व्यक्तित्व विकास, समुदायमा सेवा, व्यवसाय प्रवर्द्धन, र अन्तर्राष्ट्रिय समन्वयमा देखाएको उत्कृष्ट कार्यको मूल्यांकनका आधारमा सम्मानित गरिएको हो ।


जेसी आई काभ्रेका महासचिव विजयराम बन्जाराका अनुसार, अध्यक्ष महर्जनको नेतृत्वमा काभ्रे जेसीजले वर्ष २०२५ मा विभिन्न प्रभावशाली कार्यक्रमहरू सञ्चालन गरेको छ, जसले समाजमा सकारात्मक प्रभाव पार्न सफल भएका छन् । तिनमा युवा सशक्तिकरण कार्यक्रम, स्वास्थ्य सचेतना, वातावरण संरक्षण, प्रोजेक्ट संकल्प, प्रोजेक्ट ऊर्जा, प्रोजेक्ट सम्पदा संरक्षण, प्रोजेक्ट सक्रिय, प्रोजेक्ट सारथि र खानेपानी वितरण जस्ता उल्लेखनीय गतिविधिहरू समावेश छन् ।
यसै गरि गत जेठ १६ र १७ गते जेसी आई थानकोटको अतिथ्यतामा सम्पन्न नेपाल जेसीज क्षेत्र ग सम्मेलनमा पनि अध्यक्ष पुजन महर्जन क्षेग ग उत्कृष्ट शाखा अध्यक्षबाट पुरस्कृत भएका थिए ।