ट्रेण्डिङ

पहिरोले बीपी राजमार्ग अवरुद्ध : खुलाउने प्रयास जारी

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ अषाढ १६, सोमबार (१ साल अघि)
  • ४८९ पटक पढिएको
पहिरोले बीपी राजमार्ग अवरुद्ध : खुलाउने प्रयास जारी

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–९ नार्केमा लेदो सहित आएको पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाजुको अनुसार सोमबार साँझ करिब ५ बजे परेको अविरल वर्षासँगै आएको लेदो र माटोका कारण राजमार्गको दुवै तर्फको सवारी आवागमन ठप्प भएको हो।

हाल ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा सडक विभागको टोली घटनास्थलमा पुगेर बाटो खुलाउने प्रयासमा खटिएको छ। प्रहरी निरीक्षक धाजुका अनुसार आवश्यक मेसिनरी सहयोगसहित पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको छ र करिब एकदेखि आधा घण्टाभित्र सडक सुचारु हुने अनुमान गरिएको छ।