ट्रेण्डिङ

सामाजिक कार्यमा क्लासिक टेक

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ श्रावण १८, आईतबार (११ महिना अघि)
  • ४५८ पटक पढिएको
सामाजिक कार्यमा क्लासिक टेक

काभ्रे । देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा शनिबार बनेपा स्थित चार दोबाटोमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा ५० जना रक्तदाताहरूले रक्तदान गरेको बनेपा शाखा प्रमुख निराजन रेग्मीले जानकारी दिए । सोही अवसरमा १२३ पटक रक्तदान गरेका पनौती निवासी बिदुर खड्कालाई सम्मान गरिएको छ ।
रक्तदान कार्यक्रममा ३ सय भन्दा बढी सहभागीहरूको  उपस्थित रहेको थियो ।