ट्रेण्डिङ

आर्शु स्मृति प्रतिष्ठान नेपाललाई एकै दिन दुई राष्ट्रिय सम्मान

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ श्रावण २०, मंगलबार (११ महिना अघि)
  • ४४८ पटक पढिएको
आर्शु स्मृति प्रतिष्ठान नेपाललाई एकै दिन दुई राष्ट्रिय सम्मान

काभ्रे । सामाजिक उत्तरदायित्वमा निस्वार्थ समर्पित आर्शु स्मृति प्रतिष्ठान नेपाललाई एकै दिन दुईवटा राष्ट्रिय सम्मान प्रदान गरिएको छ । निरन्तर समाजसेवा र मानवकल्याणमा समर्पित कार्यको उच्च मूल्याङ्कनस्वरूप प्रतिष्ठानलाई दुई भिन्न राष्ट्रिय समारोहमार्फत सम्मानित गरिएको हो ।
काभ्रेपलाञ्चोक जिल्ला समन्वय समिति प्रमुख दीपक कुमार गौतम प्रमुख अतिथि रहेको समारोहमा पहिलो सम्मान, “राष्ट्रिय सामाजिक उत्कृष्ट संस्था”, समारी इन्टरनेशनल इभेन्ट को आयोजनामा बोडेस्थित कृषि विकास बैंकको सभा हलमा सम्पन्न “राष्ट्रिय रत्न सम्मान तथा अवार्ड–२०८२” कार्यक्रममा प्रदान गरिएको हो । उक्त सम्मान प्रतिनिधिसभा सदस्य माननीय छिरिङ ल्हामु लामाको प्रमुख आतिथ्यमा प्रदान गरिएको थियो । त्यसैगरी, दोस्रो सम्मान, “उत्कृष्ट सामाजिक संस्था २०२५”, रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित ‘प्ष्मक या तजभ थ्भबच क्ष्लतभचलबतष्यलब ि२०२५’ कार्यक्रममा प्रदान गरिएको हो ।
यी दुवै सम्मानहरूले आर्शु स्मृति प्रतिष्ठानको सामाजिक अभियानमा नयाँ ऊर्जा र प्रेरणा थपेका छन् । संस्थाले सम्मानदाताप्रति आभार प्रकट गर्दै, आगामी दिनहरूमा झनै जिम्मेवार, प्रभावकारी र जनउत्तरदायी रूपमा समाजसेवामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ ।