
काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेपलाञ्चोकको २६ औं स्थापना दिवसको अवसरमा सोमबार बनेपामा दृष्टिविहिन अभिभावकका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

फोनिज काभ्रेका अध्यक्ष इन्द्र बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ५ जना बालबालिकाहरूलाई २ दर्जन कापी, १ बट्टा सिसाकलम, ४/४ वटा इरेजर, पेन्सिल कटर र १ थान ब्याग वितरण गरेको छ ।

कार्यक्रममा फोनिज बागमती प्रदेश विभागीय प्रमुख जगत तामाङ, फोनिज बागमती प्रदेश पूर्व इन्चार्ज पेमा लामा, प्रेस सेन्टर बागमती सचिव रोजन तामाङ, फोनिज बागमती प्रदेश पूर्व सचिव शिशिर लामा, फोनिज काभ्रेका सल्लाहकार उजाड रक्तिम, तामाङ पत्रकार संघ काभ्रेका पूर्व अध्यक्ष अञ्जली तामाङ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन फोनिज काभ्रेका सचिव सनम सुवालले गरेकी थिइन् ।


