ट्रेण्डिङ

ClassicTech को गोला प्रथाबाट १० जना विजेता

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ भाद्र २, सोमबार (११ महिना अघि)
  • ४५९ पटक पढिएको
ClassicTech को गोला प्रथाबाट १० जना विजेता

काभ्रे । बनेपामा सम्पन्न ECAN Kavre Education Fair 2082 मा ClassicTech ले आयोजना गरेको गोला प्रथाबाट १० जना विजेता भएका छन् ।
ClassicTech काभ्रेपलाञ्चोकको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी बनेपा शाखा प्रमुख निराजन रेग्मीले विजेताहरूको नाम घोषणा गरेका थिए ।
गोला प्रथाबाट विजेता हुनेहरूमा एलीना राई, अनुस्का केसी, मुना गौतम, सुदिप सापकोटा, बिप्लब हमाल, रिजान बस्नेत, आयुष सापकोटा, कृतिदेवी श्रेष्ठ, वर्षा मानन्धर र आयुष अधिकारी रहेका छन् ।
आयोजकका अनुसार सहभागी सबैले ClassicTech को तर्फबाट इन्टरनेट सेवामा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको जानकारी दिए । त्यस बाहेक १० विजेताहरूले विभिन्न संस्थाहरूबाट आकर्षक उपहार प्राप्त गर्ने अवसर पाएका थिए ।
ClassicTech Internet – ६ महिनाको बोनस (१० वार्षिक ग्राहकका लागि)
Om Shanti Tailoring Center – २५% छुट
Discovery Education – निःशुल्क IELTS, PTE तथा Japanese Classes
Grace International Education – Earbuds, फूड भौचर तथा गिफ्ट ह्याम्पर
Chiya Station – रिफिलयोग्य चिया
Modern Academy – ४०% छुट Barista तालिम, ३०% छुट Cooking/Bakery तालिम
BMK Driving Center – ५०% छुट
Samaj Dental – २०% छुट
All Care Health Services – २०% छुट Health Checkup
ClassicTech का प्रतिनिधिहरूले सहभागीहरूको उत्साहप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले ग्राहक र संस्थाबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । साथै भविष्यमा पनि अझै आकर्षक कार्यक्रम ल्याइने प्रतिबद्धता जनाइएको छ।