ट्रेण्डिङ

उपाध्यक्ष जितेन्द्रमानको पहलमा सडकखण्ड मर्मत कार्य सुरु

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ आश्विन २१, मंगलबार (९ महिना अघि)
  • ३५१ पटक पढिएको
उपाध्यक्ष जितेन्द्रमानको पहलमा सडकखण्ड मर्मत कार्य सुरु

काभ्रे । भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङको पहलमा अबिरल वर्षाले क्षति पुर्‍याएका विभिन्न सडकखण्डहरूमा मर्मत कार्य सुरु गरिएको छ। वर्षाका कारण अवरुद्ध र भासिएका सडकहरू तत्काल मर्मत गरी स्थानीय यातायात पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।


उपाध्यक्ष तामाङका अनुसार सापिङ–सिमथली र सल्ले–दुदुगाउँ सडकखण्डमा मर्मत कार्य सम्पन्न भई यातायात सञ्चालनमा आएको छ भने सिमथली–वाफल सडकखण्डको मर्मत कार्य भोलीदेखि सुरु हुने तयारी गरिएको छ।
उनले भने, “स्थानीयवासी र यात्रुहरूको सहजता प्राथमिकतामा राखी मर्मत कार्य अघि बढाइएको हो। सबैले यात्रा गर्दा सावधानी अपनाउन र समस्या परे तुरुन्तै गाउँपालिकालाई जानकारी गराउन अनुरोध गर्दछौं।”


भुम्लु गाउँपालिकाले सडक सुधारसँगै दीर्घकालीन समाधानका लागि स्थायी पूर्वाधार निर्माण तथा जोखिम न्यूनीकरण योजनासमेत तयारी गरिरहेको जनाएको छ।