ट्रेण्डिङ

ठक्कर दिएर फरार हुने २ जना पक्राउ

  • अनलाइन काभ्रे
  • / अपराध /
  • २०८२ कार्तिक २४, सोमबार (९ महिना अघि)
  • ३७३ पटक पढिएको
ठक्कर दिएर फरार हुने २ जना पक्राउ

काभ्रे । बनेपा नगरपालिका वडा नं. ०९ निष्ट कलेज अगाडी नालाबाट बनेपा तर्फ जाँदै गरेको पहिचान नखुलेको सवारी साधनले अप्सरा रायमाझीलाई ठक्कर दिई फरार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।
चितवन जिल्ला भरतपुर महानगरपालीका वडा नं. २३ जगतपुर घर भई हाल बनेपा नगरपालीका वडा नं. ९ नयाँबस्ती कोठा डेरा गरी बस्ने हरिराज बुढाथोकीको श्रीमती बर्ष अन्दाजी ४० की अप्सरा रायमाझीलाई बा १९ च ३७२९ न. को कारले ठक्कर दिएको हो ।
रायमाझीलाई उपचारको लागि शिर मेमोरियल अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको डाक्टरले जानकारी दिएका छन् ।
ठक्कर दिई फरार भएका कार चालक बनेपा नगरपालिका वडा नं. ०७ बस्ने वर्ष ३३ को सुजन रायमाझीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रविन विष्टले जानकारी दिए ।
त्यस्तै धुलिखेल नगरपालिका वडा नं. ०४ भकुण्डे चोक स्थित अरनिको राजमार्ग सडक खण्डमा खावाबाट बनेपा तर्फ आउँदै गरेको पहिचान नखुलेको टिपरको पछाडी झुण्डिएर आएका धुलिखेल नगरपालिका वडा नं.०३ बाँसघारी बस्ने बद्री श्रेष्ठको छोरा अन्दाजी वर्ष २० का अनुस श्रेष्ठ टिपरबाट लडी घाईते भएका छन् । श्रेष्ठलाई उपचारको लागि धुलिखेल अस्पताल लग्दा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
फरार भएका बा.प्र.०१-००४ क ३६३१ नम्बरको टिपर चालकलाई प्रहरीले १२ घण्टा भित्र पहिचान गरी नियन्त्रणमा लिइएको छ । प्रहरी नायव उपरिक्षक रविन विष्टले
चालक ओखलढु‌ङ्गा जिल्ला चम्पादेवी गाउँपालिका वडा नं.०४ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ११ खरिबोट बस्ने वर्ष अं. २७ को शुसिल कार्कीलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।