ट्रेण्डिङ

बनेपाका एग्रोभेटहरुमा संयुक्त अनुगमन

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ पौष १९, शनिबार (६ महिना अघि)
  • २८९ पटक पढिएको
बनेपाका एग्रोभेटहरुमा संयुक्त अनुगमन

काभ्रे । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको संयोजन तथा बनेपा नगरपालिका, जिल्ला प्रशासन कार्यालय धुलिखेल, जिल्ला समन्वय समिति काभ्रेको सहकार्यमा बनेपाका एग्रोभेटहरुको संयुक्त अनुगमन गरिएको छ ।
अनुगमनमा उद्योग तथा वाणिज्य कार्यालय, पत्रकार महासंघ र उद्योग वाणिज्य संघ बनेपाले पनि सहकार्य गरेका छन् । शुक्रबार विषादी तथा बीउ व्यवसायीहरुको अनुगमन गरिएको र नियमित रुपमा अनुगमनलाई अन्य स्थानीय तहहरुमा पनि संचालन गरिने बताइएको छ ।