
काभ्रे । बनेपा नगरपालिकाको आयोजनामा तथा स्थानीय स्काउट तदर्थ समिति बनेपाको संयोजनमा ३ दिने द्वितीय स्थानीय स्काउट क्याम्प सुरु भएको छ ।
बनेपा नगरपालिकाकाका प्रमुख एवं प्रमुख अतिथि शान्तिरत्न शाक्यले कार्यक्रमको उद्घाटन गर्दै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारी असल र सभ्य बन्न आग्रह गरे ।
श्री गणेश भारती मावि, बाँस्डोलमा फागुन ७ गतेबाट शुरु भई ९ गते सम्पन्न क्याम्प सम्पन्न हुनेछ । बनेपा नगरपालिका भित्रका ८ वटा सामुदायीक विद्यालयका १ सय ७८ जना विद्यार्थीहरु सहभागि रहेका तर्दथ समिति संयोजक पुकार कर्णजितले जानकारी दिए ।

कर्णजितले स्काउटको तालिम पश्चात विद्यार्थीहरुलाई अनुशासन, जिवनमा सर्घष गर्नु पर्ने, टिम वर्कको आवश्यकता, सास्कृतिक कल्चरको संरक्षण, नेतृत्व विकास लगाएतका विभिन्न गतिबिधि सिक्ने बताए । हरेक मानिसका लागी स्काउट तालिमको आवश्यक रहेको उनको भनाई थियो ।
क्याम्पमा महेन्द्रज्योती मावि साँगा, गणेश भारती मावि बास्डोल, काभ्रे बहिरा मावि, चैतन्य मावि बनेपा, शिक्षा सदन मावि बनेपा, चण्डेश्वरी सृष्टिकान्त मावि नाला, शुभ चामुण्डा मावि र श्वेत बाराही माविका विद्यार्थीहरुले भाग लिएका छन् ।
तीन दिने तालिममा स्काउटका विद्यार्थीहरुलाई डोरीको सहायताले उचाइबाट झर्ने, जालीभित्र घिस्रेर पार गर्ने, कमाण्डो पुल बञ्चरो फाल्ने खेल, पदयात्रा, जिपलाइन, धनुविद्या, सुरुङभित्र घिस्रेर जाने, टायरपुल, टायर पर्खाल र ट्रान्सपोर्टर सिकाइने छ ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, वडा नं. १२ का वडा अध्यक्ष रामबहादुर कुँवर लगायत स्काउटका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

