ट्रेण्डिङ

सीप सिकेर आत्मनिर्भर बन्नु नै अहिलेको आवश्यकता होः अध्यक्ष थिङ

खानीखोला गाउँपालिकामा ३० दिने बाँसजन्य सामग्री निर्माण तालिम सम्पन्न
  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ बैशाख ३, बिहिबार (३ महिना अघि)
  • ५०२ पटक पढिएको
सीप सिकेर आत्मनिर्भर बन्नु नै अहिलेको आवश्यकता होः अध्यक्ष थिङ

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाकै विकट मानिने खानीखोला गाउँपालिका–३ मा प्रदेश युवा परिषद्, बागमती प्रदेशको आर्थिक सहयोगमा २०८२ साल चैत ३ गतेदेखि सुरु भएको ३० दिने बाँसजन्य सामग्री निर्माण तालिम आज सम्पन्न भएको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङले तालिमले स्थानीय युवालाई सीपमूलक बनाउँदै स्वरोजगारतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे । सीप सिकेर आत्मनिर्भर बन्नु नै अहिलेको आवश्यकता भएकोले यस्ता तालिमले युवालाई विदेश जानुपर्ने बाध्यता घटाउँदै आफ्नै ठाउँमा केही गर्ने आत्मविश्वास बढाउने अध्यक्ष थिङले बताए ।
त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्वाले सीपमूलक तालिमले युवाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सिप सिकेपछि युवाले आफ्नै गाउँमा बसेर आयआर्जन गर्न सक्ने र यसले समग्र गाउँको आर्थिक अवस्थामा सुधार ल्याउनेमा आफू विश्वस्त रहेको बताए ।
वडा अध्यक्ष सागर लामाको पहल र सक्रियताको प्रशंसा गरिएको थियो भने तालिममा बाँसबाट विभिन्न उपयोगी सामग्री निर्माण गर्ने २० जना सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।