ट्रेण्डिङ

११औं पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणामा धुलिखेल नगरपालिका

  • अनलाइन काभ्रे
  • / स्वास्थ्य /
  • २०८३ अषाढ ३, बुधबार (३ घण्टा अघि)
  • ९ पटक पढिएको
११औं पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणामा धुलिखेल नगरपालिका

काभ्रे । धुलिखेल नगरपालिकालाई ११औं पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ ।
मंगलबार धुलिखेल नगरपालिका घोषणा भएको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम प्रमुख आतिथ्यता रहेको थियो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले यस वर्ष धुलिखेल नगरपालिकाभित्रका ६ सय १४ जना बालबालिकाहरुलाई राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप उपलब्ध गरी पूर्णखोप सुनिश्चित भएको जानकारी दिएका थिए । आगामी वर्षहरूमा पनि खोपबाट वञ्चित हुने अवस्था सिर्जना हुन नदिन सबै सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा अभिभावकको निरन्तर सहकार्य आवश्यक रहेको बताए ।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगमलेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणासँगै धुलिखेल नगरपालिका बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति प्रतिबद्ध रहेको जानकारी दिँदै सोही अवसरमा वातानुकूलित खोप केन्द्र पनि संचालनमा ल्याइएको छ । वातानुकुलित खोप केन्द्र संचालनमा ल्याउने धुलिखेल नगरपालिका दोस्रो हो भने यसअघि मण्डनदेउपुर नगरपालिकामा वातानुकूलित खोप केन्द्र संचालनमा ल्याइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस