रोशीका अग्नि पिडितलाई विभिन्न संघ संस्थाको सहयोग

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ बैशाख १९, बुधबार (१ साल अघि)
  • १८४ पटक पढिएको
रोशीका अग्नि पिडितलाई विभिन्न संघ संस्थाको सहयोग

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं ४ स्थित महादेव सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटा घर जलेर नष्ट भएको छ ।  मंगलबार दिउँसो ३ः३० बजेबाट वनमा लागेको आगो वन नजिकै रहेको महादेवटार सानोकोटा गाउँको बस्तीमा पुगी १५ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


जिल्ला स्थित बागमती प्रदेश सभा सदस्य तिर्थ लामा, जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिम बहादुर तामाङ, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाइबा, विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्मा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायतले बुधबार घटना स्थलमा पुगी निरीक्षण गरेका थिए । घटना स्थलको निरीक्षणमा पुगेका उनीहरुले विभिन्न संघ संस्थाको सहयोगमा अग्नि पिडितलाई राहत  सामाग्री वितरण गरेका हुन् ।


आगोलागीमा पेरर १५ वटा घर जली नष्ट हुदाँ २ करोड २५ लाख ८० हजार भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार, आगोलागीमा कुनै पनि मानविय तथा पशुहरुको क्षति भएको छैन । जिल्ला स्थित सुरक्षा निकाय, जनप्रतिनिधि, स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस