ट्रेण्डिङ

सूचना, सञ्चार र प्रविधि क्षेत्रमा नेवाः गतिविधिसम्बन्धी अभिमुखीकरण

प्रविधि भएरपनि त्यसको भरपूर उपयोग गर्न सकेका छैनौंः एकेडेमी चान्सलर सुन्दर
सूचना, सञ्चार र प्रविधि क्षेत्रमा नेवाः गतिविधिसम्बन्धी अभिमुखीकरण

सुष्मा रंजितकार
कीर्तिपुर । नेपालभाषा एकेडेमीको आयोजनामा शनिबार कीर्तिपुर नगरपालिका वडा नं. २ न्यामासिमास्थित सूचना, सञ्चार र प्रविधि क्षेत्रमा नेवाः गतिविधि र हाम्रो दायित्व विषयक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले उद्घाटन गर्दै अहिलेको समयमा नेपालभाषा, परम्परा, संस्कृति, इतिहास विस्तारै परिवर्तन हुँदै हट्दै जाने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गरे । नेवारी इतिहास, भाषा, संस्कार, संस्कृतिलाई संरक्षण गर्नको लागि डिपिआर (DPR) खोल्न बाह्य सरकारबाट अपेक्षा राखेको बताए ।


नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले, हामीले जतिपनि मेहेनत गरेर इतिहास खोजेपनि जुन समुदायलाई लक्षित गरेका छौं, त्यो समुदायसम्म पुगेकै छैन । यो हाम्रो लागि निकै बिडम्बनाको विषय हो । जति पनि इतिहास, परम्परा, संस्कृति, लिपि लगायतका सामग्रीहरु विभिन्न नेपालभाषाको वेबसाइटमा राखिएको छ तर त्यसको बारेमा हाम्रै समुदायलाई थाहा छैन । बरु विदेशीहरु वा अन्य समुदायकाहरुले केही हदसम्म हेर्ने, बुझ्ने गरेका छन् तर नेवाः समुदायकाहरुले नै आफ्नो मातृभाषा, संस्कार, संस्कृति व्यवहारमा उतार्न सकेको छैन ।


नेवारी परम्परा, भाषा, संस्कृति, इतिहासलाई प्रविधिसँगै उजागार गर्दै लग्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको चान्सलर मल्लले बताए । मल्ल भन्छन्, हामीसँग प्रविधि भएरपनि त्यसको भरपूर उपयोग गर्न अझै पनि हामीले सकेका छैनौं । आफ्नो मातृभाषा, संस्कार, संस्कृति, परम्परा, इतिहासलाई जोगाउन सबै नेवाः समुदाय एकजुट भई लाग्नुपर्नेमा जोड दिँदै यसका लागि नेपालभाषा एकेडेमी सदैव प्रतिबद्ध रहने बताए ।
अभिमुखीकरणको पहिलो चरणमा एकेडेमीका प्राज्ञ परिषद् सदस्य अनिल स्थापितले सूचना, सञ्चार र प्रविधि क्षेत्रमा नेपालभाषा (नेवाः) द्वारा उपलब्ध कार्यक्रमहरुका बारे जानकारी दिए । उनले लभधबनथबलपयकज।यचन वेबसाइटमा शैक्षिक र साहित्यिक सामग्रीहरु रहेको जानकारी दिँदै यसको मोबाइल एप पनि उपलब्ध रहेको जानकारी दिए ।
त्यसैगरी आनन्द महर्जनले अहिलेको एआई प्रविधि सँगसँगै नेपालभाषालाई स्तरवृद्धि गर्दै लैजान सकेमात्र अबका पुस्ताले आफ्नो मातृभाषा बुझ्न र सिक्न सक्ने बताए । आफ्नो मातृभाषा आफ्नै घरबाट सुरुवात गर्नुपर्नेमा जोड दिए । अभिमुखीकरणको दोस्रो चरणमा नेपालभाषा एकेडेमीका प्राज्ञ परिषद् सदस्य डा. एलेन बेलोचन तुलाधरले सूचना, सञ्चार र प्रविधिबारे छलफल गरिएको थियो ।


नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एकेडेमीका सदस्य निर्मल बज्राचार्यले र धन्यवाद ज्ञापन एकेडेमीका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकारले व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सदस्य सचिव महेन्द्रगोपाल कर्माचार्यले गरेका थिए ।

लेखकको बारेमा

  • Reporter

  • लेखकको सामाजिक सञ्जाल

    मेरा अन्य आर्टिकलहरु :