ट्रेण्डिङ

मध्यमार्ग कृषि सहकारीको वार्षिक साधारणसभा सम्पन्न

कृषकको आवश्यकतालाई समयमै पहिचान गरेर सहयोग गर्नु नै यस संस्थाको उद्देश्य होः अध्यक्ष बञ्जारा
  • अनलाइन काभ्रे
  • / कृषि /
  • २०८३ भाद्र २८, आईतबार (१६ घण्टा अघि)
  • २४ पटक पढिएको
मध्यमार्ग कृषि सहकारीको वार्षिक साधारणसभा सम्पन्न

काभ्रे । मध्यमार्ग कृषि सहकारी संस्था लि. को वार्षिक साधारणसभा संस्थाका अध्यक्ष प्रदीप केसी बञ्जाराको अध्यक्षतामा सम्पन्न भएको छ ।
आइतबार भएको साधारणसभामा सहकारीका अध्यक्ष बञ्जाराले किसानका समस्या, चुनौती र आवश्यकतालाई बुझेर सहकारीमार्फत सहयोग गर्दै आएको बताए । कृषकको आवश्यकतालाई समयै पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने नै यस संस्थाको उद्देश्य रहेको बञ्जाराले बताए ।
सभामा सहकारीको गतिविधि, किसानसँगको सहकार्य तथा आगामी कार्ययोजना लगायतका विषयमा चर्चा गरिएको थियो । १ सय ४७ जना सदस्य रहेको मध्यमार्ग कृषि सहकारीले आफ्ना सदस्य किसानलाई लक्षित गर्दै विभिन्न समयमा कृषकलाई आवश्यक पर्ने रासायनिक मलदेखि कृषियन्त्रसम्म उपलब्ध गराउँदै आएको छ । पनौती नगरपालिका–४ र ८ का कृषकलाई लक्षित गरी सहकारीले ट्याक्टर, साना तथा ठूला टनेल, स्प्रे, मल्चिङ लगायतका कृषि सामग्री वितरण गर्दै आएको छ ।
साधारणसभामा संस्थाले आफ्ना सदस्यहरूलाई सहुलियतको चिनी उपलब्ध गराएको छ । किसानको उत्पादनदेखि कृषि सामग्रीको उपलब्धतासम्म सहकार्य गर्दै आएको सहकारीले सदस्यको दैनिक आवश्यकतालाई समेत ध्यानमा राखेर सेवा विस्तार गर्न थालेको छ ।