ट्रेण्डिङ

नेपाली कांग्रेस १५औं महाधिवेशनः काभ्रेपलाञ्चोकको १३ पालिकामा अधिवेशन सम्पन्न

  • अनलाइन काभ्रे
  • / राजनीति /
  • २०८३ आश्विन ८, बिहिबार (१० घण्टा अघि)
  • २१ पटक पढिएको
नेपाली कांग्रेस १५औं महाधिवेशनः काभ्रेपलाञ्चोकको १३ पालिकामा अधिवेशन सम्पन्न
काभ्रे । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत बुधबार काभ्रेपलाञ्चोकको १३ वटा स्थानीय तहमध्ये १२ वटा पालिका र आज (बिहीबार) खानीखोला गाउँपालिकामा पालिका अधिवेशन भएको छ ।
अधिवेशनबाट बनेपा नगरपालिका सभापतिमा राम जोशी निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी सुधिर वैद्यलाई पराजित गरेका हुन् । त्यस्तै पाँचखाल नगरपालिका सभापतिमा सञ्जय तामाङ दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् ।
यसैगरी मण्डनदेउपुर नगर सभापतिमा रामहरि सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् भने पनौती नगर सभापतिमा रूपक महत र धुलिखेल नगर सभापतिमा विदुर बस्नेत सर्वसम्मत चयन भएका छन् ।
यसैगरी भुम्लु गाउँ सभापतिमा मञ्जु शाह सर्वसम्मत निर्वाचित भएकी छन् । १३ पालिका मध्ये एक मात्र महिला सभापति चयन भएकी शाह यसअधि महाधिवेशन प्रतिनिधि थिइन् । बेथानचोक गाउँ सभापतिमा डिगमान तामाङ सभापति निर्वाचित भए । बेथानचोकमा खजेन्ची लामा प्रतिस्पर्धामा थिए ।
तेमाल गाउँपालिका सभापतिमा बिकुलाल तामाङ, रोशी गाउँ सभापतिमा दोर्जे लामा, महाभारत गाउँ सभापतिमा दोस्रो कार्यकालका लागि सागर मोक्तान, नमोबुद्ध नगर सभापतिमा कृष्ण लामा बोम्जन र चौरीदेउराली गाउँ सभापतिमा राजेश गौतम चयन भएका छन् । खानीखोला गाउँपालिका सभापतिमा क्षेत्र वाइबा सर्वसम्मत चयन भएका छन् ।