ट्रेण्डिङ

बेलर इन्टरनेशनल एकेडेमीमा N.C.C. तालिमको प्रथम प्रवचन समारोह

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ भाद्र ७, आईतबार (१२ घण्टा अघि)
  • २७ पटक पढिएको
बेलर इन्टरनेशनल एकेडेमीमा N.C.C. तालिमको प्रथम प्रवचन समारोह

काभ्रे । बेलर इन्टरनेशनल एकेडेमी, बनेपामा श्री राष्ट्रिय सेवा दलद्वारा काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित सिःसः–२१ सिनियर डिभिजन N.C.C. तालिमको प्रथम प्रवचन समारोह सम्पन्न भएको छ ।


समारोहमा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य प्रमुख अतिथि तथा श्री मेहरजंग गणका गणपति प्रमुख सेनानी झलक सुवेदी विशेष अतिथिका रूपमा सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल इन्दु थापा, विद्यालयका निर्देशक डा. अनुपजंग थापा लगायतको उपस्थिति रहेको थियो ।
यस वर्ष काभ्रेपलाञ्चोक जिल्लाका बेलर इन्टरनेशनल एकेडेमीसहित ५ वटा विद्यालयका १५० जना विद्यार्थी N.C.C. तालिममा सहभागी हुँदैछन्। प्रत्येक विद्यालयबाट १५ जना छात्रा र १५ जना छात्र गरी ३० जना विद्यार्थी सहभागी हुनेछन्।


तालिमको अवधि कुल सय दिन रहेको श्री मेहरजंग गणका गणपति प्रमुख सेनानी झलक सुवेदीले जानकारी दिए । तालिममार्फत् विद्यार्थीहरूलाई अनुशासन, नेतृत्व विकास तथा विपद्का समयमा उद्धार र सहयोग गर्न आवश्यक सीप प्रदान गरिने छ ।
तालिम सम्पन्न भएपछि सहभागी विद्यार्थीहरूले विपद् तथा आपत्कालीन अवस्थामा विभिन्न स्थानमा आवश्यक सहयोग गर्न सक्ने क्षमता विकास गर्ने अपेक्षा गरिएको छ ।
बेलर इन्टरनेशनल एकेडेमीमा यस वर्ष सञ्चालन हुन लागेको N.C.C. तालिम आठौँ ब्याच भएको विद्यालयकी प्रिन्सिपल इन्दु थापाले जानकारी दिइन् ।