
काभ्रे । जिल्लामा रहेका मोतियाविन्दुका बिरामीहरूका लागि सहज रुपमा उपचार सेवा उपलब्ध गराउने <span;>उद्देश्यले जिल्ला सहकारी संघ लि., काभ्रे र रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार काभ्रेका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरिनेछ । शिविरका क्रममा मोतियाविन्दु पहिचान भएका बिरामीलाई आवश्यकताअनुसार थप उपचार तथा शल्यक्रियाका लागि सहजीकरण गरिने व्यवस्था गरिएको छ।
आर्थिक अवस्था कमजोर भएका तथा आँखाको उपचारमा सहज पहुँच पुग्न नसकेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले मोतियाविन्दुका कारण दृष्टिसम्बन्धी समस्या भोगिरहेका जिल्लावासीलाई उपचारको पहुँचमा ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई स्वास्थ्य सेवासँग जोड्दै यो सम्झौताले जिल्लावासीहरूलाई समुदायमा आँखासम्बन्धी सचेतना र उपचार सेवाको पहुँच विस्तार गर्नसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
