ट्रेण्डिङ

धुलिखेल – ८ कि बिष्णु कुमारी न्यौपानेको शल्यक्रिया सफल: आर्शु स्मृति प्रतिष्ठानको पहल

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८१ अषाढ ८, शनिबार (२ साल अघि)
  • २३० पटक पढिएको
धुलिखेल – ८  कि बिष्णु कुमारी न्यौपानेको शल्यक्रिया सफल: आर्शु स्मृति प्रतिष्ठानको पहल

सेवा नै धर्म हो , सबैको हात, आर्शु स्मृति को साथ

धुलिखेल नगरपालिका वडा नम्बर ८ निवासी बिष्णु कुमारी न्यौपानेको गर्धन भित्रपट्टि मासु पलाएको समस्याका कारण शल्यक्रिया गर्नु पर्ने अवस्था आएको थियो। तर, उनको आर्थिक स्थिती कमजोर भएकोले उनी उपचार गराउन असमर्थ थिइन्। यो कठिन परिस्थितिमा आर्शु स्मृति प्रतिष्ठान नेपालले अग्रसरता लिँदै बिष्णु कुमारी न्यौपानेको उपचारका लागि सहयोग गर्‍यो। प्रतिष्ठानले धुलिखेल अस्पतालमा शल्यक्रिया गर्दा लाग्ने सम्पूर्ण औषधि र उपचार निशुल्क हुने व्यवस्था मिलाएको थियो। आर्शु स्मृति प्रतिष्ठानको सहयोगले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। बिष्णु कुमारी न्यौपानेको स्वास्थ्य सुधार भइरहेको छ भन्ने जानकारी प्राप्त भएको छ।