ट्रेण्डिङ

अवैध लागू औषध सहित पक्राउ

  • अनलाइन काभ्रे
  • / अपराध /
  • २०८२ जेष्ठ ३०, शुक्रबार (१ साल अघि)
  • ३५८ पटक पढिएको
अवैध लागू औषध सहित पक्राउ

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल न.पा.११ बाझोखेत स्थित वि.पी. राजमार्ग सडक खण्डमा आवत जावत गर्ने सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भकुण्डेबेशीबाट धुलिखेल तर्फ आउँदै गरेको मे.१ च. ३५९७ नम्बरको स्कारपियो गाडी चेकजाँच गर्ने क्रममा लागू औषध ब्राउनसुगर लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर र अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङ काभ्रेबाट खटिएको संयुक्त प्रहरी टोलीले बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त गाडी चेकजाँच गर्ने क्रममा जिल्ला ईलाम रोङ गा.पा. ३ बस्ने वर्ष ३२ को सुमन राई र सोही गाडीका चालक जिल्ला इलाम माई न.पा.१ आँपटारी बस्ने वर्ष २७ को तेज कुमार वराईलीलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा निजहरु मध्ये सुमन राईको साथमा रहेको निलो झोला भित्र निलो रङको जिन्स पाईन्टको अगाडीको दाहिने तर्फको खल्ती भित्र (WILD STONE) लेखिएको कागजको खोल भित्र कालो रङको प्लाष्ट्रिक भित्र लुकाईछिपाई राखेको अवस्थामा लागु औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको जानकारी दिइएको छ । उक्त पदार्थ मान्यता प्राप्त तराजुबाट तत्काल प्लाष्ट्रिक हटाई तौल गर्दा नेट तौल ९ ग्राम १७० मिलि ग्राम भएको ब्राउन सुगर बरामद गरेसँगै निजहरु सवार मे.१ च.३५९७ नं. को स्कार्पीयो गाडी समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।