
काभ्रे । बनेपा नगरपालिका–४ नालामा जुवा खेल्दै गरेको अवस्थामा नगद सहित सात जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जुवा खेलिरहेको सूचना प्राप्त भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
घटनास्थलबाट नगद रु. २ लाख ३८ हजार २ सय १५ रुपैयाँ र कौडा–१६ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक रविन बिष्टले जानकारी दिए ।
