ट्रेण्डिङ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

  • अनलाइन काभ्रे
  • / अपराध /
  • २०८२ मंसिर १८, बिहिबार (९ महिना अघि)
  • १४९ पटक पढिएको
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-४ नखिपोट डेरा गरी बस्ने तनहुँ घर भएका ४१ वर्षीया बिन्दु राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा बिन्दु समेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार ५ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।