ट्रेण्डिङ

२४औँ स्थापना दिवसमा युनिटीको अभिभावक अभिमुखिकरण

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८२ फागुन ८, शुक्रबार (५ महिना अघि)
  • १०७० पटक पढिएको
२४औँ स्थापना दिवसमा युनिटीको अभिभावक अभिमुखिकरण

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा स्थित युनिटी इङ्गलिस स्कुलले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा अभिभावकका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
शुक्रबार सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं प्रमुख अतिथि सञ्जय खड्काले विद्यालयले २४औं बर्ष सम्म आइपुग्दा बिद्यालयले आफ्नो स्थापना कालदेखि नै सहुलियत शुल्कमा गुण्स्तरीय शिक्षा प्रदान गर्दै आएको बताउँदै हालसम्म पनि विद्यालयले शैक्षिक गुणस्तर कायम राखेको धारणाा राखे । उनले विद्यालय आफ्नो लक्ष्य र उद्देश्यमा अडिक रहि शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको कुरा बताए ।


पछिल्ला बर्षहरुमा युनिटीले शैक्षिक उपलब्धि तथा नतिजा र पठनपाठन सिकाई उपलब्धिमा सफलता हासिल गरेको बताउँदै विद्यालयको उत्कृष्ट ब्यवस्थापन र नेतृत्वका कारण आज युनिटी एउटा कटुन्जेको प्रमुख आकर्षणको केन्द्र बनेको र अभिभावकहरु विद्यालयका लागि अन्यन्त्र टाढा जानुनपर्ने बताए ।
अभिमुखीकरण कार्यक्रमका प्रमुख वक्ता उत्प्रेरक, सचेतक एवं मनोपरामर्शकर्ता डा. रविन कटवालले बिशेष रुपले संस्कार सहितको शिक्षा घरैबाट पनि कसरी दिन सकिन्छ ? अभिभावक, विद्यालय र विद्यार्थी बिचको महत्वका बारे चर्चा गर्दै असल अभिभावकत्व के हो ? कसरी निर्वाह गर्न सकिन्छ ? बालबच्चाहरुमा पढाई लेखाइप्रति कसरी अभिरुचि बढाउन सकिन्छ ? भन्ने बारे उत्प्रेरित गर्दै अभिभावकले बालबालिकाहरुलाई समय दिनु पर्ने, उनीहरुको व्यवहार र संगतमा पनि ध्यान दिनु पर्ने जस्ता विषयहरुमा प्रशिक्षण दिए ।


युनिटी स्कुलका प्रिन्सिपल विपिन गुमान्जुले हालको शैक्षिक सत्र २०८२ को सुरुवात देखिनै विद्यार्थीको पढाई, लेखाई र सिकाईलाई अतिरिक्त क्रियाकलापसँग जोड्न सफल भएको बताउँदै उक्त क्रियाकलापले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुँदै गएको र विद्यार्थीको सिकाई व्यवहारिक ज्ञानमा वृद्धि भएको भन्दै गुणस्तरीय शिक्षा एवं शैक्षिक विकासमा युनिटी इङ्गलिस स्कुल सधैं तत्पर रहने बताए ।