ट्रेण्डिङ

१७ लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु

  • अनलाइन काभ्रे
  • / सुचना प्रविधि /
  • २०८३ बैशाख २४, बिहिबार (२ महिना अघि)
  • १४८ पटक पढिएको
१७ लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु

काभ्रे । बैशाख २४ सरकारले दोस्रो चरणमा थप १७ लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच वैशाख ४ गते क्युआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि काम सुरु गरिएको हो ।
सुरक्षण मुद्रण केन्द्रका अनुसार असार मसान्तभित्र १७ लाख थान लाइसेन्स छपाइ गर्ने लक्ष्यसहित काम अघि बढाइएको जनाइएको छ । पहिलो चरणको सम्झौता अन्तर्गत वैशाख पहिलो सातामै पहिलो चरणको १२ लाखमध्ये अत्यावश्यक ३७ हजार ६ सय ९८ थान, ब्याकलग ११ लाख ३१ हजार ७५ थान र दैनिक प्रिन्ट ३१ हजार २ सय २७ थान लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गरेका छन् ।
त्यस्तै केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौता अनुसार हालसम्म ३० लाख थान हुलाक टिकट छापेर हस्तान्तरण गरिसकेको र थप ६० लाख थान टिकट छाप्ने सम्झौता प्रक्रियामा रहेको जनाएको छ ।