ट्रेण्डिङ

आजबाट श्रीमुक्तिनाथ भगवानको चतुर्थ ब्रह्मोत्सव शुरु

  • अनलाइन काभ्रे
  • / कला/संस्कृति /
  • २०८३ बैशाख २४, बिहिबार (२ महिना अघि)
  • १६७ पटक पढिएको
आजबाट श्रीमुक्तिनाथ भगवानको चतुर्थ ब्रह्मोत्सव शुरु

काभ्रे । पनौती नगरपालिका वडा नं. ५ मा रहेको श्रीमुक्तिनाथ मन्दिर संरक्षण समितिको आयोजनामा श्रीदेवी भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको चतुर्थ ब्रह्मोत्सव आज (बिहीबार) बाट शुरु भएको छ ।
आजबाट शुरु भएको ब्रम्होत्सवको पहिलो दिन विष्वक्सेन आराधना, पुण्याहवाचन, ब्राह्मणवरण, अङ्कुरारोपण, द्वारतोरण पूजा, अग्निप्रतिष्ठा, ध्वजारोहण भएको छ । त्यस्तै शुक्रबार नित्य पूजा आराधना, श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवान्को बाजागाजा साथ विहान ११ः३० बजे मुक्तिनाथ मन्दिरदेखि पनौती त्रिवेणी धामसम्म यात्रोत्सव (नगरपरिक्रमा) गराइने छ भने अन्तिम दिन शनिबार (२६ गते) विहान ११ः०० बजे महापूर्णाहुती श्रीमुक्तिनाथ भगवान्को १०८ कलशद्वारा महाभिषेक, कल्याण उत्सव हुने आयोजक संस्थाका अध्यक्ष कुमार थापाले जानकारी दिएका छन् ।
२०७४ सालमा शुरुवात भएको मुक्तिनाथ मन्दिरमा भक्तजहरूको भीड बढ्दै गएको र धार्मिक पर्यटनमा टेवा पुगेको मन्दिर संरक्षण समितिका सल्लाहकार भोला थापाले जानकारी दिएका छन् ।