ट्रेण्डिङ

भुम्लु गाउँपालिका-९ मा सिलाई कटाई तालिम सम्पन्न

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ अषाढ २, सोमबार (१ साल अघि)
  • ५०४ पटक पढिएको
भुम्लु गाउँपालिका-९ मा सिलाई कटाई तालिम सम्पन्न

काभ्रे । भुम्लु गाउँपालिका वडा नं. ९ ज्याम्दिमा गृहिणी महिलाहरूको सीप विकास तथा आर्थिक अवस्था सुदृढीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको सिलाई कटाई सम्बन्धी ४५ दिने सीप विकास तालिम सम्पन्न भएको छ ।


गाउँपालिकाको आयोजनामा वैशाख १६ गतेदेखि सुरु भएको तालिम ३० दिनका लागि तय गरिएको थियो । तर सहभागिहरूको उत्साह, सिकाइको गहिराई तथा आवश्यकतालाई ध्यानमा राख्दै थप १५ दिन बढाई तालिमलाई ४५ दिनसम्म सञ्चालन गरिएको हो ।
तालिमका क्रममा महिलाहरुलाई सिलाई कटाई सम्बन्धी व्यवहारिक तथा प्रविधि हस्तान्तरणसम्बन्धी ज्ञान प्रदान गरिएको थियो । तालिमको समापन समारोहमा वडाध्यक्ष दल बहादुर तामाङले सहभागी महिलाहरूले यो तालिमपछि व्यवसायिक रुपमा अगाडि बढ्न सक्ने विश्वास व्यक्त गर्दै तालिमबाट महिलाहरूमा आत्मनिर्भरता र आर्थिक सबलता प्राप्त हुने अपेक्षा समेत व्यक्त गरेका थिए ।