ट्रेण्डिङ

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आठौं जिल्ला सभा सम्पन्न

समाज हिरोइजमले चल्दैनः सांसद बास्कोटा
  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ अषाढ ३, मंगलबार (१ साल अघि)
  • ५१९ पटक पढिएको
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आठौं जिल्ला सभा सम्पन्न

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आठौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८१÷८२ को प्रगति समीक्षा कार्यक्रममा पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले कम जनशक्ति, सीमित स्रोत साधनमा पनि असीमित आशा जगाउँदा असन्तुष्टि बढ्दै गएको बताए । बास्कोटाले सांसदको सिमा वुझाउन नसकेका कारण उपलब्धि ओझेलमा पर्ने र असन्तुष्टि चर्किने अवस्था बनेको बताउँदै समाज हिरोइजमले नचल्ने बताए ।कार्यक्रममा बागमति प्रदेश सभा सदस्य रत्न ढकालले अब तीन तहकै प्राथमिकता रोजगारी सिर्जना र आत्मनिर्भरता तर्फ केन्द्रित हुनुपर्ने बताए । काठमाडौं विश्वविद्यालयका उप–कुलपति डा. अच्युत प्रसाद वाग्लेले काठमाडौं विश्वविद्यालयले जिल्लाका १३ वटै पालिकाका दुई जनालाई बीएससी एग्रिकल्चर अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष दिपक गौतमले जिल्ला समन्वय समितिलाई प्रभावकारी अनुगमन गर्ने गरी नदिने हो भने २०८४ सालमा जिल्ला समन्वय समिति लाई खारेज गरेपनि केहि फरक नपर्ने बताए । पालिकाहरुको तर्फबाट पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले कृषि नगर पाँचखालको विकासका सबैले सहयोग र ध्यान दिनुपर्नेमा जोड दिए ।


काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्ले, जिल्ला विपद समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल, जिल्ला प्रहरी प्रमुख कोमल शाह, ससस्त्र प्रहरी १५ नं गुल्म, श्रीमेयर गण, राष्ट्रिय अनुसन्धान लगायत सुरक्षा निकायका प्रमुख लगायतलाई विपद्मा उल्नेखनीय भूमिका खेलेकोमा सम्मान गरिएको हो ।
कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन तथा स्थानीय तहबीचको समन्वय हुनुपर्ने सहभागीहरुको भनाइ छ । स्थानीय विकासमा अझ सशक्त नेतृत्व, पारदर्शिता र समावेशी सहभागिता जरुरी रहनुका साथै नेतृत्व पारदर्शी हुँदा विकास निर्माण सहज हुने सरोकारवालाहरूले बताएका छन् ।


विपदमा सूचना तथा प्रसारण मार्फत सहयोग पुर्याएकोमा नेपाल पत्रकार महासंघ काभ्रे शाखा, आम्दानी जोड्ने पाँचखाल नगरपालिका, प्राकृतिक श्रोत तथा लिजामा मूल्यांकनमा काभ्रे प्रथम भएकोमा बनेपा नगरपालिका, लिजामा गाउँपालिका मध्ये काभ्रे प्रथम भएकोमा खानीखोला गाउँपालिका, लिजामा नगरपालिका मध्ये काभ्रे प्रथम भएकोमा नमोबुद्ध नगरपालिका, स्वास्थ्य नगर घोषणा गर्न सफल भएकोमा धुलिखेल नगरपालिका, विपदमा धेरै खटिएर राहत तथा उद्धारमा उत्कृष्ट बेथानचोक गाउँपालिका, स्थानीय तह वित्तिय सुशासनमा उत्कृष्ट रोशी गाउँपालिका, वन डढेलो मुक्त गाउँपालिका घोषणा भएकोमा भुम्लु गाउँपालिका, नगरमध्ये कम बेरुजु बनाउने मण्डनदेउपुर नगरपालिका, ०८१÷८२ मा देशभरमा शुन्य बेरुजु हुने १ मात्र पालिका बनेको महाभारत गाउँपालिका, पशुवीमा कार्यक्रममा उत्कृष्ट नगर बन्न सफल पनौती नगरपालिका, नसर्ने रोगको क्षेत्रमा अनुकरणीय काम गर्ने तेमाल गाउँपालिका र सामाजिक सुरक्षा भत्तामा राम्रो काम गरेबापत चौरीदेउराली गाउँपालिकाकालाई सम्मान गरिएको थियो ।