ट्रेण्डिङ

यात्रुबाहक सवारी एक आपसमा ठोकी दुर्घटना

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ भाद्र १३, शुक्रबार (१० महिना अघि)
  • ३३० पटक पढिएको
यात्रुबाहक सवारी एक आपसमा ठोकी दुर्घटना

काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ फेदी स्थित बि.पि.राजमार्गमा काठमाण्डौबाट सिन्धुली तर्फ जादै गरेको बा ५ ख १५०१ नम्बरको हायस र बिपरित दिशाबाट आउदै गरेको  बा.५ ख ८६८२ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोकी दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारको लागि मेथिनकोट  अस्पताल र धुलिखेल अस्पताल पठाईएको जानकारी गराएको छ ।
घाइते हुनेहरूमा हायस चालक जिल्ला धादिङ गल्छि  बस्ने अन्दाजी बर्ष ३३ को शंखर भुजेल, बसमा सवार घाईतेहरु जिल्ला झापा भद्रपुर नं.पा .वडा नं.९ बस्ने बर्ष अं.३७ को राजु पौडेल र तेमाल गा.पा वडा नं. ५ घिम्दी बस्ने बर्ष २४ कि कुमारी तामाङ घाइते भएका छन् ।