ट्रेण्डिङ

लिफ्टमा सामान लोड गर्ने क्रममा एक जना घाईते

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ कार्तिक २४, सोमबार (८ महिना अघि)
  • २२१ पटक पढिएको
Post Thumbnail

काभ्रे । जिल्लाको पनौती नगरपालिका ६ दलिन्चोक बाहुनगाउँस्थित निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भवनको ८ तल्लाबाट ईट्टा बालुवा ओसार्ने लिफ्ट माथिबाट एक्कासी तल झर्दा सोही लिफ्टमा सामान लोड गर्ने कामदार घाइते भएका छन् ।
घाइते हुने पर्सा जिल्ला धोविनि गाउँपालिका वडा नं. २ बस्ने वर्ष ६५ को बयनाथ साहलाई लिफ्टमा सामान लोड गर्दैगर्दा घाइते भएको हो । साहलाई प्रहरी वरिष्ठ नायव निरिक्षक राम बहादुर कार्कीको टोलीले उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो । साहको छातीमा चोट लागेको जानकारी अस्पतालले दिएको छ ।