ट्रेण्डिङ

नेपाली कांग्रेस काभ्रेका सभापति लामालाई पितृशोक

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ मंसिर ८, सोमबार (८ महिना अघि)
  • २५३ पटक पढिएको
नेपाली कांग्रेस काभ्रेका सभापति लामालाई पितृशोक

काभ्रे । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति एवं बागमती प्रदेश सभा सदस्य तिर्थ लामालाई पितृशोक परेको छ ।
रोशी गाउँपालिका वडा नं ६, लेखपानीका स्थायी लामाका पिता केशरबहादुरको ८७ वर्षको उमेरमा निवासमा नै निधन भएको हो । स्वर्गीय केशरबहादुरका श्रीमती कान्छीमाया सहित ३ छोरा र २ छोरी छन् ।
राजनीति र सामाजिक कार्यमा समेत सकृय केशरबहादुर केही समयदेखि उपचारपछि घरमा नै थिए । सोमबार बिहान ९ बजे लेखपानीमा नै दाहसंस्कार गरिएको छ ।

स्वर्गीय तामाङप्रति श्रद्धान्जली व्यक्त गर्न नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सह-महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री मा.बहादुर सिंह लामा, केन्द्रीय सदस्यहरु शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, गणेश लामा, बागमती प्रदेशका सह-महामन्त्री ऋषिराम घिमिरे, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात लामा, खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ,प्रदेश सभा सदस्यहरु रामकृष्ण चित्रकार, छेत्र बम्जन, मिना पराजुली, धनकुटाका पार्टी सभापति दिनेश राई, ताप्लेजुङ पूर्वसभापति एवं निवर्तमान प्रतिनिधि सभा सदस्य लिला बोखिम, लगायत पालिकाका प्रमुख, उपप्रमुख, बिभिन्न राजनीतिक दलका प्रतिनिधि एवं सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।