ट्रेण्डिङ

भीरमा लडेका एक विदेशी नागरिकको उद्धार

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ मंसिर ८, सोमबार (८ महिना अघि)
  • १७७ पटक पढिएको
भीरमा लडेका एक विदेशी नागरिकको उद्धार

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक प्रहरीले भीरमा खसेका एक विदेशी नागरिकको साेमबार उद्धार गरेकाे छ ।
साेमबार धुलिखेल नगरपालिका वडा नं १२ एक्लेखेतस्थित रोशी खोलाको भीरमा खसेका विदेशी नागरिककाे उद्धार गरिएकाे हाे ।
पनौती नगरपालिका १० बल्थलीबाट नमोबुद्धतर्फ घुम्न जाने क्रममा LYNDON ERIC नाम गरेका क्यानेडियन नागरिक रोशी खोलाको भीरमा लडेर सोही भीरमा अड्किएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्राप्त सूचनापश्चात् साे स्थानमा प्रहरी चौकी श्यामपाटीबाट प्रहरी सहायक निरिक्षक विनय मण्डलको कमाण्डमा टोली खटिएर गई स्थानीय व्यक्तिहरुको सहयोगमा उनलाई सकुशल उद्धार गरिएकाे जिल्ला प्रहरी कार्यालय धुलिखेलले जानकारी दिएकाे छ ।