ट्रेण्डिङ

जनसेवा केन्द्र नेपालद्वारा बालबालिकाहरुलाई न्यानो कपडा

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ माघ १०, शनिबार (५ महिना अघि)
  • २७४ पटक पढिएको
जनसेवा केन्द्र नेपालद्वारा बालबालिकाहरुलाई न्यानो कपडा

काभ्रे । जनसेवा केन्द्र नेपालले श्रीपञ्चमीको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ स्थित श्री कपुर महाँकाल प्राथमिक विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
बालकक्षा देखि कक्षा ५ सम्म अध्ययनरत जम्मा २५ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्दै संस्थाका अध्यक्ष सरोज प्रसाद कुइकेलले जनसेवा एक मानवीय सेवामा समर्पित संस्था भएकोले कसैको आँखा नपुगेको ठाउँमा सहयोगी मनहरुको उपस्थिति जनाउँदै आएको बताए । जनसेवा केन्द्र नेपालले विभिन्न भेग र बस्तीहरुमा जनसेवकहरुमार्फत गतिविधि संचालन गरिने समेत सोही कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुभास लामाले सामाजिक संस्थाहरूको सहकार्यले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक राजेन्द्र महतले जनसेवा केन्द्र नेपालप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण टेवा पुग्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुभाष लामाको अध्यक्षता रहेको कार्यक्रममा समाजसेवी मोहन गजुरेल, विमेश सापकोटा, कविराज गिरी, रामशरण तिमल्सिना, राजकुमार सापकोटा, प्रमेश लामा, डिकेन्द्र बस्नेत, सहजकर्ता यशोदा खत्री, शुभद्रा खत्री लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षिका लक्ष्मी श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन दिल बहादुर लामाले गरेका थिए ।