ट्रेण्डिङ

जनमुखी साकोसको अध्यक्षमा न्यौपाने

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ माघ १४, बुधबार (५ महिना अघि)
  • ५०४ पटक पढिएको
जनमुखी साकोसको अध्यक्षमा न्यौपाने

काभ्रे । जनमुखी बचत तथा ऋण सहकारी संस्था लि धुलिखेल–८ को शनिबार १८औं साधारण सभाबाट अध्यक्षमा रमेशप्रसाद न्यौपाने चयन भएका छन् ।
न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा कृष्ण बहादुर भुजेल, सचिवमा गणेशप्रसाद बडाल, कोषाध्यक्षमा पार्वती केसी, सदस्ययहरुमा जानुका चौलागाईं, चाँदनी चौलागाईं, प्रल्हाद बडाल, रामहरि बडाल र राजकुमार मिजार चयन भएसँगै दामोदर बडालको संयोजकत्वमा नवराज हुमागाई र प्रतिमा बडाल लेखा सुपरिवेक्षण समितिमा चयन चयन भएका छन् । निर्वाचन उपसमिति संयोजक (अधिकृत) साधुराम बडाल र सदस्यहरु कृष्ण प्रसाद शर्मा र शिव चौलागाईंले नयाँ निर्वाचित टिमको घोषणा गरेका थिए ।
कार्यक्रममा सचिव रमेशप्रसाद बडालले प्रगति प्रतिवेदन र आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रमेशप्रसाद न्यौपानेले आ व ०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको बजेट प्रस्तुत गरेका थिए । ३१ लाख ४८ हजार ६ सय शेयर पूँजी रहेको संस्थाको कारोबार २ करोड ६४ लाख ४ हजार ५ सय ३८ रहेको सभामार्फत् जानकारी दिइएको थियो । संस्थाका अध्यक्ष उद्धवप्रसाद बडालको सभापतित्वमा सम्पन्न साधारणसभामा संचालक समिति सदस्य गणेशप्रसाद बडालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक नवराज बडालले गरेका थिए ।