ट्रेण्डिङ

अवैध रूपमा सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ चैत्र २४, मंगलबार (३ महिना अघि)
  • ३८३ पटक पढिएको
अवैध रूपमा सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन

|तस्वीर : नगेन्द्र अधिकारीको फेसबुक वालबाट ।

काभ्रे । गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
मंगलबार रोशी क्षेत्रको स्थलगत अनुगमनका क्रममा गृहमन्त्री गुरुङले गिट्टी–बालुवा उत्खननका कारण बाढी तथा पहिरोको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरे । उनले प्राकृतिक स्रोतको अवैध उत्खनन रोक्न सम्बन्धित निकायले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए।
गृहमन्त्री गुरुङले अघिल्ला राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रूपमा क्रसर सञ्चालन गर्न दिएको आरोप समेत लगाए। अबबाट गतिविधिलाई कडाइका साथ रोक्ने र नियम विपरीत सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्ने बताए ।