ट्रेण्डिङ

सुनकोशी नदीमा बेपत्ता भएका पराजुली दम्पत्ति अझै भेटिएनन्, खोजी कार्य जारी

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ श्रावण २२, शुक्रबार (२० घण्टा अघि)
  • १५ पटक पढिएको
सुनकोशी नदीमा बेपत्ता भएका पराजुली दम्पत्ति अझै भेटिएनन्, खोजी कार्य जारी

काभ्रे । भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का वृद्ध दम्पतीहरुको अझै खोजी कार्य भइरहेको छ ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६ः३० बजे ६८ वर्षीय केदारनाथ पराजुली र उनकी श्रीमती ६७ वर्षीया तिलकुमारी पराजुली नदीमा हाम फाली बेपत्ता भएका हुन् । प्रारम्भिक जानकारीअनुसार तिलकुमारी पराजुली लामो समयदेखि बोन म्यारोबाट पीडित तथा अपाङ्ग अवस्थामा रहेकी थिइन् । स्थानीयका अनुसार श्रीमतीलाई श्रीमानले पिठ्युँमा बोकेर नदीसम्म पुगेको दृश्यले धेरैलाई भावुक बनाएको छ ।
प्रहरी चौकी दोलालघाटको कमाण्डमा प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षक मनराज बानियाँको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीले बेपत्ता दम्पतीको ¥यापबोट र ड्रोनबाट खोजी कार्यलाई तीव्रता दिएका छन् ।
बिहीबार दिनभर खोजी जारी रहे पनि दम्पतीको अवस्था खुल्न सकेको छैन । प्रहरीले शुक्रबार सुनकोशीको सिन्धुली खण्डसम्म खोजीलाई विस्तार गरिने जनाएको छ ।