ट्रेण्डिङ

काभ्रेका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ आश्विन २४, शनिबार (६ घण्टा अघि)
  • ८ पटक पढिएको
काभ्रेका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

काभ्रे । नेपालीहरुको महान् चाड दशैं नजिकिएसँगै चाडपर्वलाई शान्त, सुरक्षित र मर्यादित बनाउनुका साथै यात्रुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले काभ्रेका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा मातहतका प्रहरी इकाइहरूले यात्रुका समस्या तथा गुनासोको तत्काल सुनुवाइ, आवश्यक सूचना प्रवाह, यात्रा सहजीकरण र आपत्कालीन अवस्थामा उद्धार गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याएका हुन् ।
प्रहरीका अनुसार यात्राका क्रममा कुनै समस्या परेमा यात्रु सहायता कक्षमार्फत तत्काल सहयोग लिन सकिने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरी यात्रुका समस्या समाधान गर्नसमेत सहजीकरण गरिनेछ । यात्रु सहायता कक्षहरू बनेपा, पनौती, भकुण्डेबेसी, मंगलटार, धुलिखेल र दोलालघाट गरी ६ स्थानमा स्थापना गरिएको छ ।
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले यात्राका क्रममा हुन सक्ने समस्या, ठगी, असहजता तथा अन्य जोखिम न्यूनीकरण गर्न सहायता कक्ष प्रभावकारी हुने प्रहरीको अपेक्षा छ ।