
ललितपुर । नेपाल सितेरियो कराँते महासंघ ठेचो डोजोले ब्ल्याक बेल्ट दीक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । एसियन प्यासिफिक सितेरियो कराँते महासंघका अध्यक्ष दावा गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त दीक्षान्त कार्यक्रममा ललितपुर जिल्लाका ठैब, लुभु, सानागाँउ, झरुवाराशी, टौखेल, लेले र भारदेऊ डोजो सहित ७ वटा डोजोको सहभागिता रहेको थियो ।

ठैब डोजाका अध्यक्ष राजकुमार श्रेष्ठको कोच तथा कमाण्डमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ७ वटा डोजोबाट ४१ जना खेलाडी ब्ल्याक बेल्टद्वारा दीक्षित भएका छन् ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष दावा गुरुङ्गले खेलाडी राज्यको गहना भएको भन्दै नेपालका राजनीतिकर्मिहरुले अनुशासनको पाठ खेलाडीबाट सिक्नुपर्ने बताए ।
त्यस्तै नेपाल कराँते महासँघ ब्ल्याक बेल्ट कमिटिका अध्यक्ष देव नारयण कुवर राणाले मानवको शारिरिक, बौद्वीक तथा अनुशासनमा खेलकुदको निकै महत्वपुर्ण भुमिका रहेको बताए । राज्यले खेल क्षेत्रलाई प्रोत्साहन गर्न नसक्दा खेल क्षेत्रमा रहेका खेलाडीको भविष्य अन्यौलग्रस्त हुन्छ । राजनीतिक नेतृत्वमा खेलाडीको उपस्थिती भएमा खेलकुदको क्षेत्र विकासमा ठुलो परिबर्तन आउन सक्ने राणाले बताए ।
नेपाल सितेरियो कराँते डो सँघ ठैब डोजो कमिटि अध्यक्ष तथा रेन्बो क्लब नेपाल फर दि ब्लाइन्डका संस्थापक सदस्य तथा समाजसेवी राजकुमार श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि एसियन प्यासिफिक सितेरियो कराँते महासंघका अध्यक्ष दावा गुरुङ्ग, विशेष अतिथि नेपाल कराते महासंघका पुर्व प्रमुख प्रशिक्षक तथा नेपाल सितेरियो कराँते डो संघका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, टौखेल डोजो अध्यक्ष प्रकाश प्रधान, अतिथिमा नेपाल कराँते महासंघ ब्ल्याक बेल्ट कमिटिका अध्यक्ष देव नारायण कुवर राणा, ठैब डोजाका प्रमुख प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी बिजयमान् श्रेष्ठ रहेका थिए । कार्यक्रममा ललितपुर जिल्लास्थित ठैब, लुभु, सानागाँउ, झरुवाराशी, टौखेल, लेले र भारदेऊ डोजोका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।
