
काभ्रे । एम्नेष्टी अन्तर्राष्ट्रिय समूह ७२ पनौतीले पालिका विद्यालयस्तरीय मानव तथा बाल अधिकार शिक्षा सम्बन्धि कार्यक्रम सुरु गरेको छ ।
पनौती २ स्थित कुशादेवी उच्च माविमा दोश्रो चरणको कार्यक्रममा विद्यालयका शिक्षकशिक्षिका सहित कक्षा ९ र १० का विद्यार्थीहरु सहित १ सय २० जनालाई मानवअधिकार शिक्षा सम्बन्धी प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा समूह ७२ का संयोजक अधिवक्ता जमुना पसछे र अधिवक्ता तारा श्रेष्ठले विद्यमान परिस्थितिमा मानव अधिकार र बाल अधिकार सम्बन्धी प्रशिक्षण दिइएको हो ।
समूह ७२ बाट सचिब हरिचन्द्र श्रेष्ठ, कोषाध्यक्ष राम कुमार बस्नेत, सह–सचिव सन्तोष हुमागाई, अधिवक्ता तारा श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक माधव दाहाल, सहायक प्र.अ. इश्वरी थापा, सूचना अधिकारी शिक्षक मनोज अधिकारी लगायतले यस्ता कार्यक्रमहरुले अझ बढि कानुन सम्बन्धि ज्ञान प्राप्त हुनेमा विश्वास व्यक्त गरेका छन् ।
एम्नेष्टी अन्तर्राष्ट्रिय नेपाल मानव अधिकार संरक्षण, प्रवद्र्धन र समावेशी सामाजिक जनचेतना अभिवृद्धिमा सक्रिय रुपमा कार्यरत एक अन्तर्राष्ट्रिय संस्था भएकोले एम्नेष्टी समूह ७२ पनौतीले मानवअधिकार सम्बन्धि कार्यक्रम सबै विद्यालयहरुमा गर्ने लक्ष्य लिएको छ ।

